Section 39
अनिवार्य जगेडा कोष
(१) बीमकले बीमा व्यवसाय सम्बन्धी दायित्व वहन गर्न छुट्टै एक अनिवार्य जगेडा कोष कायम गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको अनिवार्य जगेडा कोषमा देहाय बमोजिमका रकम जम्मा गर्नु पर्नेछः- (क) जीवन बीमा व्यवसाय गर्ने बीमकले नेपालभर जारी गरेको बीमालेखको आधारमा बीमाङ्गीले तोकिदिएको सम्पूर्ण दायित्वमा कम नहुने “रकम,

(ख) निर्जीवन बीमा व्यवसायको आम्दानी- खर्चमा देखाइएको खुद बीमा शुल्कको प्राधिकरणले तोकेको अनुपातको रकम,

(ग) निर्जीवन बीमा व्यवसाय (गर्ने बीमकको लागि तोकिएको चुक्ता पूँजीको बराबर नभएसम्म मुनाफा हुन आएको रकमको पचास प्रतिशत।

(३) बीमकले आफ्नो व्यवसाय सञ्चालनको लागि

आवश्यकता बमोजिम अन्य जगेडा कोष स्थापना गर्न सक्नेछ।

(४) पुनर्बीमा व्यवसाय गर्ने बीमकको अनिवार्य जगेडा कोष सम्बन्धी अन्य व्यवस्था प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ।

(५) अनिवार्य जगेडा कोष तथा अन्य जगेडा कोष सम्बन्धी अन्य व्यवस्था- प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ ।